Il sito web utilizza cookies. Se continui ad utilizzare questo sito web, significa che sei d’accordo con la nostra politica riguardo l’uso di questi cookie.
Installa l'applicazione mobile gratuita Online Radio Box per il tuo smartphone e ascolta le tue stazioni radio online preferite – ovunque ti trovi!
गल्याङ एफएम ९२.२ मेघाहर्ज, गल्याङ सञ्चार प्रा.लि द्वारा सञ्चालित एफ एम रेडियो हो । गल्याङ एफ एम नीजि क्षेत्रबाट सञ्चालित स्याङ्जा जिल्लाको एक मात्र स्वतन्त्र र व्यवसायिक एफएम रेडियो पनि हो । स्याङ्जाको तेस्रो व्यापारिक केन्द्र गल्याङबजारबाट सञ्चालित यो एफएम २०७० साल चैत्र २४ गते देखि प्रसारण भएको हो । सुरुमा कालिगण्डकी एफएमको नामबाट खोलिएको यो एफएम २०७२ पुस एक गते देखि गल्याङ एफएमको नामबाट गुञ्जिरहेको छ । गल्याङ क्षेत्रको पहिचानका लागि सबै सेयर सदस्यको सहमतिमा नाम परिवर्तन गरिएको हो । ७५ जनाको समान लगानीबाट सञ्चालित गल्याङ एफएममा १५ जना रहेको सञ्चालक समिति छ ।